झापा / मकवानपुरबाट साढे ६९ किलो लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका १ पालुङ बसपार्कबाट तीन जनालाई लागूऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिएका छन ।
गाँजा फेला परेपछि प्रहरीले कैलाश गाउँपालिका ५ कटहरे घर भई हाल हेटौँडा ७ कमाने बस्ने ३४ वर्षीय अटो चालक सिताराम मोक्तान, ३३ वर्षीय अमरबहादुर गिरी र २६ वर्षीय इन्द्रबहादुर मोक्तानलाई पक्राउ गरेको हो । उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा खटिएको टोलीले पालुङ बसपार्कमा ना १ ह ७६३८ नं को अटोलाई चेकजाँज गरेको थियो ।
त्यसक्रममा तरकारीको बोराभित्र लुकाएर ल्याएको १० वटा पोकामा ६९ किलो ५०० ग्राम गाँजा फेला परेको हो । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।