काठमाडौं / ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थामा ३ जना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको मंसिर २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट तीनै जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।
कम्पनीको संस्थापक समूह ग्लोबल आइएमई बैंकको तर्फबाट रुपेन्द्र वाग्ले, सुशोभन देवकोटा र अनामिका कुँवर निर्वाचित भएका हुन् ।