झापा / लुम्बिनी प्रदेशमा स्थित जिल्ला पाल्पाको तानसेन–तम्घास सडक बिहान ९ः३० देखि दिउँसो ३ः३० बजेसम्म गरि दिनको ६ घण्टा बन्द हुने गरको छ ।
तानसेन नगरपालिका रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भीरमा सडक निर्माणका लागि पुस २२ गतेसम्म बन्द गरिने सडक कार्यालय पाल्पाले जानकारी गराएको छ ।
सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले पुस १२ गतेदेखि २२ गतेसम्म १० दिनका लागि सडकमा चहलपहल गर्न बाट सवारीसाधनलाई रोक लगाएको बताएका छन् ।
पाल्पाको हार्थोक–रिडी क्षेत्रको जोर्तेमा साँघुरो सडकमा हुने गरेका दुर्घटना र सडक अवरुद्ध भएका कारण सडक पुनर्निमाण गरिएको हो ।
पहाड काटेर माटो र ढुङ्गा सडकमा राख्नुपरेकोले सडक बन्द गरी काम गर्न थालेको लम्सालले बताएका छन् ।