काठमाडौँ / युट्युब मार्फत अश्लिलता फैलाएको भन्दै साइबर ब्युरोले ‘युटुबरहरुलाई’ पक्राउ गरेको छ । सामाजिक सञ्जाल युट्युबमा अश्लिल शीर्षक राखेर भिडियो मार्फत समाजमा अश्लिलता फैल्याएको भन्दै साथी भाइ अनलाइन टिभीका सञ्चालक राम बहादुर मल्ललाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।
बाग्लुङको निसीखोला गाउँपालिका वडा नम्बर १ पाखापानी घर भई काठमाडौंको अनामनगरमा बस्दै आएका मल्ललाई जिल्ला अदालत काठमाडौंको अनुमतिको आधारमा पक्राउ गरिएको हो ।
उनलाई पक्राउ गरि ५ दिनको म्याद थप गरिएको ब्युरोले जानकारी दिएको छ ।