कैलाली / कैलालीमा एक किशोरी र एक किशोरी दुई सय मिटरको दूरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
गौरीगंगा नगरपालिका –३ की १६ वर्षीया सन्जु चौधरी र १९ वर्षीय मायाराम चौधरी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनीहरूको शव आइतबार साँझ फेला परेको हो ।
सन्जु आफ्नै घरभित्र झुन्डिएकी थिइन भने मायाराम दुई सय मिटरको दूरीमा रहेको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।
मृतक मायारामका बुबा बाँधुराम चौधरीका अनुसार दुवै परिवार गौरीगंगास्थित जुनेली शिविरमा बस्दै आएका थिए ।
गौरीगंगा नगरपालिका –३ का वडाध्यक्ष जगतराम चौधरीले पनि प्रहरी अनुसन्धानबाट मृत्युको कारण पत्ता लाग्ने विश्वास व्यक्त गरे ।
प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको र दुवैको मृत्यु एक अर्कासँग जोडिएको छ वा छैन भन्नेबारे पनि अनुसन्धान भइरहेको जोशीले बताए ।