झापा /  बसको ठक्करबाट नवलपरासीमा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

आज बिहान करिब ५: ४० मा नवलपरासी रामग्राम नगरपालिका १ निलोगेट स्थित सुनवल परासी सडकखण्डमा बसको ठक्करले पैदलयात्रीको मृत्यु भएको हो ।
लु २ ख ४०५५ नम्बरको बसले पैदल यात्रीहरूलाई ठक्कर दिँदा एक जनाको मृत्यु र तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

बसको ठक्करबाट घाइते भएकी परासीकी ३५ वर्षीया कमला रेग्मीको पृथ्वीचन्द्र अस्पतालमा मृत्यु भएको हो ।

२७ वर्षकी अस्मिता गैरे, चितवन राप्ती ६ की ४५ वर्षका शिवप्रसाद राई र सुनवलका ३७ वर्षका अर्जुन ढकालको उपचार भइरहेको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।