काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको सम्पत्ति छानविन गर्नुपर्ने माग गर्दै उजुरी परेको छ । 

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्नुपर्ने माग गर्दै वृहत नागरिक आन्दोलनको तर्फबाट प्रा. डा. गोविन्द केसी, नारायण वाग्ले लगायतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका हुन् । 

OM Sai Pathibhara Hospital

उनीहरूले प्रधानन्यायाधीश जबराले भाई, धर्मपत्नी, परिवारका अन्य सदस्य एवं नातेदार, उनका निकट न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, व्यापारी एवं पेशेवरहरूको सहयोगमा भ्रष्टाचार गरेको आरोपसमेत लगाएका छन् । 

प्रधानन्यायाधीश जबराले विशेष अदालतको न्यायाधीश हुँदा अवैध रुपमा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको र सो रकम पत्नी रेजी राणाको नाममा २०६५ सालमा ठमेलस्थित कि.नं १०९ र ११० को जग्गा किनेको आरोपसमेत लगाइएको छ ।

उजुरी पत्रमा भनिएको छ, –‘‘हालसम्म प्रकाशित समाचार तथा अन्य सूचना सामग्रीहरूलाई आधार बनाई तथा सो सम्बन्धी उजुरी समेत ग्रहण गरी कसुरबाट प्राप्त सम्पत्ति जफत गर्ने तथा कसुरमा संलग्न व्यक्तिलाई दण्डित गर्ने सम्बन्धमा प्रभावकारी अनुसन्धान तथा अन्य आवश्यक कारवाही तत्काल प्रारम्भ गरी पाऊँ भनी सम्बन्धित सूचना सामग्री संलग्न गरी ध्यानाकर्षण गराउन चाहन्छौं ।’ 

मन्त्रिपरिषद्‌मा भाग खोजेको, न्यायालयलाई विचलित बनाउन खोजेको आरोप लागेपछि नेपाल बार एशोसियसनले लामो समयदेखि प्रधानन्यायाधीशको राजीनामा गर्दै आन्दोलन गर्दै आइरहेको छ ।

1 1

2 1

3 1