झापा / पूर्व – पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जङ्गलमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन ।
शनिबार राति करिब १० बजे घारिबथान जाने बाँके चौक नजिकै बर्दिबासबाट लालबन्दी तर्फ आउँदै गरेको ना ३४ प ७०२१ नम्बरको मोटरसाइकललाई नम्बर खुल्न नसकेको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट मोटरसाइकलको पछाडि सवार सुर्खेत जिल्ला घर भई हाल लालबन्दीमा बसेर सेक्युरिटी गार्डको काम गर्दै आएका करिब ५६ वर्षीय भीम गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ ।
मोटरसाइकल चालक लालबन्दी नगरपालिका –३ का ४२ वर्षीय जितन चौधरी घाइते छन् । चौधरीको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।