समाचार

    Showing 7,121-7,130 of 19,544 items.
  • एक महिनामा आगलागीमा परेर ११ जनाको मृत्यु, ६७ जना घाइते

    काठमाडौं— पछिल्लो एक महिनामा देशभर आगलागीमा परेर ११ जनाले ज्यान गुमाएका छन् । आगलागीमा परेर ज्यान गुमाउनेमा तीन पुरुष, पाँच महिला, दुई बालक र एक बालिका छन् ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गएको वैशाखको तथ्यांक विश्लेषण गर्दा सो अवधिमा आगलागीबाट ६७ जना घाइते भएको बताए । घाइते हुनेमा २७ पुरुष, ३२ महिला र आठ बालबालिका छन् ।आगलागीका घटनामा बढोत्तरी भएसँगै ठूलो भौतिक तथा मानवीय क्षति हुने गरेको उनले बताए । प्रहरीले एक महिनामा आगलागीबाट १५१ घर, १०१ गोठ र तीनवटा सरकारी कार्यालयमा क्षति पुगेको जानकारी दिएको छ । आगलागीबाट १८९ पशुचौपायसमेत मरेका छन् । ती आगल

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 238 पटक पढिएको
  • सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु

     बेनी— म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ।जलविद्युत् आयोजनाको पाइपलाइनका लागि निर्माणाधीन कुनौटा–दर शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा पुरिएर एक्साभेटर चालक ३२ वर्षका खेमराज कुमाललको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भएका एक्साभेटर चालक कुमालको शव एक्साभेटरभित्रै च्यापिएको अवस्थामा फेला परेको र शव परीक्षणका लागि प्रदेश अस्पताल बेनी पठाउने तयारी गरिएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम तिवारीले जानकारी दिए। घटनापछि प्रहरी र स्थानीय बासिन्दा

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 175 पटक पढिएको
  • डीडीसीले उत्पादन गरेको दूधमा कम तौल भएको सीसीटीभी बाहिरिएपछि भयो हलचल, पूर्वआयोजना प्रमुख आशंकाको घेरामा

    काठमाडौं—  दुग्ध विकास संस्थान(डिडीसी) बालाजु प्लान्टबाट बजारमा गएको दूधको प्याकेटमा तौल कम पाइएको घट्नाले संस्थानको प्रतिष्ठामाथि प्रश्न उठेको छ ।बालाजु प्लान्टबाट आधा लिटरको प्याकेट भनी बजारमा पठाइएको तर तौल जाँच गर्दा चारसय एमएल मात्र पाइएपछि उक्त घट्ना अनुसन्धानको दायरमा ल्याइएको छ । सोही घट्नामा दुग्ध विकास संस्थान बालाजुका पूर्वआयोजना प्रमुख गणेश कुमार यादव संलग्न भएको भनि कर्मचारीले विज्ञप्ति नै जारी गरी आपत्ति जनाएपछि घट्नाले फरक मोड लिंदै गएको छ । यादवकै अगुवाइमा जानाजान चारसय एमएलको दूध प्याकेट उत्पादन गराई बजारमा पठाउने, निजी डेरीहरूसँग मिलेमतो गरी तौलमा हेरफेर गर्ने र संस

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 303 पटक पढिएको
  • क्यानडा पठाउँछु भन्दै ७ लाख ठगेको आरोपमा युवती पक्राउ

    काठमाडौं— बेरोजगार मानिसहरूलाई क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको बराहपोखरी गाउँपालिका–५ घर भएर टोखा बस्ने ३४ वर्षीय सम्झना राई छिन् ।उनलाई काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।  उनका अनुसार आरोपीलाई थप अनुसन्धान र कारबाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा बुझाएको छ । 

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 252 पटक पढिएको
  • बसका सहचालक १२ किलो चाँदीका गहनासहित नागढुङ्गाबाट पक्राउ

    काठमाडौं— काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकप्वाइन्टबाट प्रहरीले चाँदीका गहनासहित एक जनालाई पक्राउ गरेको छ ।वीरगन्जबाट आएको बा.प्र.–०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक अनिश कुमार सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए । उनका अनुसार ३२ वर्षीय अनिश कुमार सिंहले बसमा लुकाएको १२ किलो १७६ ग्राम चाँदीका गहना बरामद गरिएको होे । बाराको कलैया उपमहानगरपालिका–४ घर भएका सिंहमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ । गहनाको बिल, बिजक फेला नपरेको एसपी बोहराको भनाइ छ । 

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 380 पटक पढिएको
  • प्रचण्ड भन्छन प्रतिपक्ष दलहरूले गृहमन्त्रीको राजीनामा दिने स्थिति बनाउँन सक्छ

    काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने दाबी गरेका छन् ।मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीसँग मात्रै नभइ सरकारसँग पनि सम्बन्धित रहेकाले विपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने दाबी गरेका हुन् ।उनले भने, ‘यो गृहमन्त्रीसँग मात्रै सम्बन्धित विषय होइन । सिङ्गो सरकारसँग पनि सम्बन्धित छ । प्रतिपक्ष दलहरूले एकजुट भएर यो विषयलाई गम्भीर रूपले उठाइन्छ । यो सामान्य विषय छैन ।’भिजिट भिसा प्रकरणले सरकार ढल्ने अवस्था आउँछ भन्ने सञ्चारकर्मीको जिज्ञासा

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 262 पटक पढिएको
  • गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलको अडान

    काठमाडौं— संसद्का प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको कारबाही अघि बढ्न नदिने अडान लिएको छ ।सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरू गरेपछि सबै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद वर्षमान पुनलाई बोल्ने समय दिएका थिए ।सांसद पुनले यो हप्ताभर सार्वजनिक सञ्चारमाध्यममा त्रिुभवन विश्वविद्यालय अध्यागमनमा ‘भिजिट भिसा’ मा भ्रष्टाचार भएको चर्चा चलेको उल्लेख गर्दै सामान्य नागरिक जो काम गर्न बाहिर जान्छन् उनीहरूलाई रु ५० लाखदेखि रु तीन करोडसम्म उठाइएको भन्ने तथ्य आएको बताए

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 296 पटक पढिएको
  • नेपाल टेलिकमको जिप दुर्घटना, तीन जनाको मृत्यु

    बाजुरा— बाजुरामा मंगलबार नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।  बा ५ च २२०९ नम्बरको जिप दुर्घटनामा परेको हो।जगन्नाथ गाउँपालिका–३ मा टेलिकमको जिप दुर्घटना भएको खबर प्राप्त भएपछि प्रहरी टोली घटना स्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।मृतकको पहिचान हुन बाँकी रहेको तथा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकपाल हवारीले जानकारी दिए। घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 204 पटक पढिएको
  • गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालत रिट, पेसी भोलि तोकियो

    काठमाडौं— नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटको पेसी भोलि (बुधबार) तोकिएको छ। यसअघि, रिटको पेसी न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा तोकिए पनि हेर्न नभ्याइने सूचीमा परेको थियो ।अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर पौडेलको नियुक्ति कानूनी रूपमा विवादास्पद रहेको भन्दै रिट दायर गरेका छन्। उनीहरूले गभर्नरको नियुक्ति प्रक्रियामा भएका कानूनी त्रुटिहरू र नियुक्तिको वैधता माथि प्रश्न उठाएका छन्।यसअघि, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा पनि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको थियो

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 225 पटक पढिएको
  • सञ्चारकर्मीहरुसंग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न

    विराटनगर—  कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले संञ्चारकर्मीहरुसगं भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका छन् । एक बिशेष कार्यक्रमका विच कार्कीले उपस्थित सञ्चारकर्मीहरुसंग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका हुन् ।कोशी प्रदेशको बर्तमान शान्ति सुरक्षाको अवस्था, सामुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार जनचेतनामुलक कार्यक्रमलाई तिब्रता, अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ अभियान कडाईका साथ कार्यान्वयन, भन्सार छली चोरी निकासी नियन्त्रण, लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रणमा कडाई तथा प्रहरीका दैनिक काम कारवाहीलाई निरन्तरता दिईरहेको कार्कीले बताए ।भेटघाट कार्य

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 319 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा