समाचार

    Showing 41-50 of 18,931 items.
  • फागुन २१ को चुनावः मन्त्रीदेखि निजी क्षेत्रसम्म आचारसंहिताको दायरामा

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिताले मन्त्रीदेखि निजी क्षेत्रसम्मलाई आफ्नो दायरामा ल्याउने भएको छ ।आयोगले तयार पारेको र हाल परामर्शमा रहेको आचारसंहिताअनुसार नेपाल सरकारका मन्त्रीहरूलाई पूर्ण रूपमा आचारसंहिता लागू हुनेछ । साथै प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र तिनका पदाधिकारी तथा सङ्घीय र प्रदेश सरकारअन्तर्गतका निकाय र पदाधिकारीहरू पनि आचारसंहिताको दायरामा पर्नेछन् ।यसैगरी स्थानीय तहका कार्यपालिका र त्यसका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 332 पटक पढिएको
  • ज्येष्ठ नागरिकको अधिकार र सम्मान स्मरण गर्दै आज ज्येष्ठ नागरिक दिवस मनाइँदै

    काठमाडौं—  आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।ज्येष्ठ नागरिकको हक, हित र अधिकारको संरक्षण गर्दै उनीहरूको सम्मान, सुरक्षा र सामाजिक सहभागिता प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाइन्छ ।यस दिवसका अवसरमा सरकारी तथा गैरसरकारी निकायले विविध सचेतनामूलक र सम्मान कार्यक्रम आयोजना गर्दछन् ।२०५१ साल पुस ११ गते नेपालमा सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइन्छ । यसले ज्येष्ठ नागरिकप्रतिको सामूहिक दायित्व, जिम्मेवारी र कर्तव्यबोध गराउ

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 309 पटक पढिएको
  • बीपीएलमा सन्दीपको पुनरागमन, पूर्व टोलीविरुद्ध राजशाही वारियर्सको आज पहिलो खेल

    काठमाडौं— बङ्गलादेश प्रिमियर लिग ९बीपीएल० मा दोस्रो पटक सहभागी हुन लागेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली राजशाही वारियर्सले आज प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ ।शुक्रबार हुने उक्त खेलमा राजशाही वारियर्सले सिलेट टाइटन्सको सामना गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमै सन्दीप लामिछाने प्लेइङ–११ मा पर्ने सम्भावना रहेको छ ।यो सिजन सन्दीप बीपीएलमा राजशाही वारियर्ससँग आबद्ध भएका हुन् । यसअघि उनी सन् २०१९ मा सिलेट टाइटन्सबाट बीपीएल खेलेका थिए । संयोगवश, यसपटकको पहिलो खेलमै उनले आफ्नो पूर्व टोली सिलेट टाइटन्सविरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन्, जसले खेलला

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 333 पटक पढिएको
  • आज महाधिवेशनको अन्योलबीच कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं— महाधिवेशनको विवाद फेरि चर्किँदै गएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्दैछ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता र आगामी अधिवेशन प्रक्रियाबारे बढ्दो अन्योलकाबीच बस्न लागेको बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।कार्यसम्पादन समितिको बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले अबको १६ दिनभित्र क्रियाशील सदस्यताको काम टुंग्याउनुपर्ने अवस्था आएको बताएका छन् ।महामन्त्री शर्माले क्रियाशील सदस्यताको काम सकेर वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवे

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 335 पटक पढिएको
  • सिन्धुलीमा सुशीला बम्जनको हत्या प्रकरणले स्थिति तनावग्रस्त बन्दै

    रामेछाप— सिन्धुलीमा सासू र नन्द मिलेर पेट्रोल छर्की बुहारी सुशीला बम्जनको हत्या गरेको घटनापछि उत्पन्न तनाव थप अनियन्त्रित बन्दै गएको छ ।तनाव नियन्त्रण बाहिर गएपछि सिन्धुलीमा कफ्र्यु लगाउनु पर्ने अवस्था आएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझबाट कफ्र्यु आदेश जारी गरे पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन ।घटनाबाट आक्रोशित स्थानीयले आरोपीको घरमा आगजनी गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको थियो । त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले बिहीबार साँझ ८ः३० बजेदेखि कफ्र्यु लगाएको हो ।सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारकी ३२ वर्षीया सुशीला बम्जनलाई पुस ६ गते पेट्रोल छर्की आगो लगाएर हत्या गर

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 311 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय तथा बाँकी तराई भूभागमा मध्यान्नसम्म कुहिरोको समेत सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । सबै प्रदेशका पह

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 79 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ७९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८१ पैसा र बिक्र

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 83 पटक पढिएको
  • आज २०८२ साल पुस ११ गते शुक्रवारको राशिफल

    मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries: आजको दिन मन कर्म बचनले खुलेरै सामाजिक सेवा गर्ने अवसर प्राप्त होला, राज्यपक्षको सहयोगले कुनै बिशिस्ट कार्यहरू समापन होलान्, आजको दिन बिष्णु भगवानलाई आराधना गरे अझ राम्रो होला।वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus: आजको दिन केहि मात्रामा अनुकुल छ, धनार्जन हुने तथा ईज्जत प्रतिष्ठामा वृद्धि होला, वैदेशिक रोजगारका अवसरहरु प्राप्त होलान्, तर मध्याह्न पछी टाउको तथा कानमा समस्या आउनसक्छ।मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini: आजको दिन तपाईंलाई दण्डजरिवाना हुनसक्छ,चोटपटकको भय रहेकोले साधनबाहन चलाउदा विशेष ध्यान दिनुहोला,

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 93 पटक पढिएको
  • क–कसले भेटे बालेनलाई ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई भेट्न हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनार पनि कुपन्डोल पुगेका छन् ।बिहीबार कुपन्डोल पुगेका सुनारले पत्रकारहरुसँग बोल्दै आउँदै गरेको चुनावमा केपी ओलीको मुख र काङ्ग्रेसको रुख देखिन नहुने कुरामा हिजो पनि स्पष्ट रहेको र आज पनि स्पष्ट रहेको बताए ।उनले भने, ‘आउँदै गरेको चुनावमा केपी ओलीको मुख र काङ्ग्रेसको रुख कतै देखिनु भएन भन्ने कुरामा हामी हिजो पनि स्पष्ट थियौं आज पनि स्पष्ट छौ ।’यस्तै, उनले अब कसरी अगाडि बढ्ने भन्ने कुरामा सानो छलफल भएको पनि बताए ।उनले भने, ‘एउटा भेटघाटको लागि यहाँ आइपुगेको हो । बालेन ज्यूले देशलाई संकट परेको बेला हाम

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 74 पटक पढिएको
  • बांगलादेशविरुद्ध साधुसन्तसहित हिन्दू समुदायको जनकपुरधाममा प्रदर्शन

    जनकपुर । जनकपुरधामका साधुसन्तहरुको अगुवाईमा हिन्दू समुदायले बांगलादेश विरुद्ध विरोध र्याली निकालेको छ । बिहीबार जनकपुरधामका साधुसन्तहरुको अगुवाईमा विभिन्न हिन्दूवादी संघ संस्थाका सदस्यसहित जनकपुरधामका स्थानीय हिन्दू समुदायले विरोध र्याली निकालेको छ ।बांगलादेशमा हिन्दू समुदायका युवा दिपु दासको निर्ममतापूर्वक हत्या गरिएको विरोधमा जनकपुरधाममा विरोध र्याली निकालिएको छ । र्यालीमा बांगलादेश सरकार मुर्दाबाद, हिन्दूलाई मार्न पाईँदैन, जाग हिन्दू जाग, हत्यारालाई फाँसी दे लगायतका नारा लगाउँदै जनकपुरधामको विभिन्न चोकहरुको हुँदै र्याली निकालिएको छ ।जानकी मन्दिरबाट सुरु भएको विरोध र्याली जनकपुरधामस्थित राम

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 61 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा