समाचार

    Showing 11,431-11,440 of 25,736 items.
  • जुम्लाबाट सुर्खेत तर्फ आउँदै गरेको जिप तिला नदीमा जिप खस्दा सात जना घाइते

    सुर्खेत— जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जिप कालिकोटमा दुर्घटना भएको छ । खुलालु–जुम्ला सडक खण्डको खाँडाचक्र नगरपालिका– १० गोलुवामा कर्णाली प्रदेश ०२–००१ ख ०९७६ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा घाइतेको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल कालिकोट पठाइएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख टेकबहादुर रावलले जानकारी दिए ।उनका अनुसार जिप सडकबाट अन्दाजी एक सय मिटर तल तिला नदी किनारामा खसेको छ । जिप सवार सबैको उद्धार गरिसकिएको छ । घाइतेहरुको सनखात हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 492 पटक पढिएको
  • टेलिकमको नेटवर्कमा समस्या, सम्बन्धित निकायले ध्यान नदिएको गुनासो

    बाजुरा –  जिल्लाको खप्तड छेडेदह गाउँपालिका आसपासका क्षेत्रहरूमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिंएको छ ।विशेषगरी गाउँपालिकाको वडा नम्बर ६ नाईना, सुदाडालगायत अन्य विभिन्न बस्तीहरूमा टेलिकमको सेवा अवरुद्ध हुँदा स्थानीय नागरिकहरू सञ्चार सेवाबाट बञ्चित हुन थालेका छन् ।नाईना, सुदाडालगायतका बस्तीहरूमा नेटवर्क सम्पर्कमै समस्या देखिएको छ । उक्त ठाउँमा फोन सम्पर्क गर्न पनि गाह्रो भइरहेको स्थानीयले बताएका छन्।हरेक असारदेखि असोज पहिलो सातासम्म नेटवर्कले काम नगर्ने गरेको स्थानीय रमेश विष्टले बताए । उनले भने,‘नेपाल टेलिकमको मोबाइल नेटवर्क कमजोर हुँदै जाँदा फोन सम्पर्क गर्न समेत गाह्रो हुने गरेको छ

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 602 पटक पढिएको
  • भारत उत्तराखण्ड भिषण पहिरोः जाजरकोटको एउटै वडाका १३ जना बेपत्ता

    मुगु –  भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढी र पहिरोमापरी जाजरकोटको कुशे गाउँपालिकाका एकै वडाका १३ जनाभन्दा बढी नागरिक बेपत्ता भएका छन् । उत्तराखण्डको थराली गाउँमा आएको भिषण बाढी पहिरोले कुशे गाउँपालिका वडा नं ३ का १३ जना नागरिक बेपत्ता भएका हुन् ।कुशे गाउँपालिकाले बिहीबार एक शोक विज्ञप्ति जारी गर्दै श्रावण २० गते उत्तराखण्डको उत्तरकाशी स्थित हर्षिल क्षेत्रको थराली गाउँमा ‘क्लाउड ब्रस्ट’पछिको बाढी पहिरोमा परी आफ्ना नागरिकहरू बेपत्ता भएको जनाएको हो ।गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं. २ का १३

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 578 पटक पढिएको
  • आज रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा केन्द्रीय विभागको प्रगति प्रतिवेदन, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदन र समसामयिक राजनीतिक एवं पार्टीका गतिविधिसम्बन्धीमा छलफल हुने रास्वपाले जनाएको छ ।पार्टीका प्रवक्ता मनिष झाकाअनुसार यस बैठकमा विभिन्न १३ बुँदाको एजेण्डामाथि छलफल हुनेछ । बैठकमा पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेवारी दिने, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेदेखि केन्द्रीय विभाग र प्रद

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 503 पटक पढिएको
  • गोसाइँकुण्ड मार्गका चार स्थानमा स्वास्थ्य शिविर सञ्चालन

    रसुवा— गोसाइँकुण्डमा जाने तीर्थयात्रीका लागि उपचार सेवा पु¥याउन धार्मिक मार्गका तीन स्थान र कुण्डको डिलमा समेत गरी चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।काठमाडौंको ग्रिनसिटी अस्पताल, पञ्चधाम समिति, हिमालयन उद्धार सङ्घका साथै स्थानीय तह र जिल्ला अस्पताललगायतले स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार शिविरका कारण यात्रुलाई प्राथमिक उपचारमा सहज भएको छ।गोसाइँकुण्डमा हिमालयन उद्धार सङ्घले छ जना एमविविएस चिकित्सक र अक्सिजन सिलिण्डर समेत पु¥याएका कारण उपचार सेवा थप प्रभावकारी बनेको यात्रुहरूले बताएका छन् ।सुरक्षाका लागि जिल्ल

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 660 पटक पढिएको
  • फोर्स मोटर्सको आधिकारिक बिक्रेताबाट अन्याय र धोकाधडी भएको आरोप

    काठमाडौं –  दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालिले नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिबाट आफुहरुमाथि चरम अन्याय र धोकाधडी भएको आरोप लगाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी प्रालिले फोर्स गाडी खरिदबाट यातायात व्यवसायीहरू पीडित बनेको भन्दै आयाम इन्टरकन्टिनेन्टल प्रालिले पारेको मर्का र क्षतिपूर्ति माग समेत गरेको छ ।विज्ञप्तिमा भनिएको छ,‘आज हामी अत्यन्तै दुःख र पीडाका साथ, नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिबाट हामीमाथि भएको चरम अन्याय, धोकाधडी र त्यसले हाम्रो व्यावसायिक एवं व्यक्तिगत ज

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 417 पटक पढिएको
  • काठमाडौंको गोकर्णेश्वरबाट बडीमालिका दर्शन गरेर फर्कने क्रममा भीरबाट लडेर तीर्थयात्रीको मृत्यु

    काठमाडौं— बाजुराको बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ काठमाडौं बस्ने ५२ वर्षीय विप्लव ओझा रहेका छन्जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक इकवाल हवारीका अनुसार बाजुराको बडीमालिका दर्शन गरेर बिहीबार साँझ ७ बजे नाटेश्वरी आउने क्रममा विस्नेपानी नजिकै भीरबाट लडेका ओझा खोल्सामा मृत भेटिएका हुन्।राति अबेर घटना घटेकाले खोल्सामा अड्किएको शव झिक्न नसकिएको प्रनाउ हवारीले बताए। लगातार वर्षा भइरहेकाले शवलाई खोलाबाट माथि ल्याउन समस्या भएको छ।  उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर ल्याउने तयारी

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 542 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश,मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केहि स्थानमा मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग लगायत देशका बाँकी पहाडी भूभागका केही स्थानहरुमा तथा मधेश प्रदेश र बाँकी तराई भूभागगका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागको केहि स

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 407 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ०३ पैसा र बिक्रीदर १४० रुपैयाँ ६३ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ २० पैसा र बिक्रीदर १६३ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७४ रुपैयाँ २० पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ९३ पैसा र बिक्री

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 327 पटक पढिएको
  • आज २०८२ साल साउन २३ गते शुक्रबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)परिवारको सहयोग र शिक्षामा प्रगति हुनेछ। परीक्षा राम्रो नतिजा ल्याउनेछ। देशभित्र लगानीबाट फाइदा हुनेछ, तर विदेश यात्रामा जोखिम छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको प्रेम सुमधुर बन्नेछ। विदेशमा रमाउने मोह बढ्ने देखिन्छ। साथीसँगको संगतले फाइदा हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मन चञ्चल हुनेछ। साथीसँग सोचेर बोल्नु राम्रो हुनेछ।घर सल्लाह गरेर मात्र ठुलो कामको सुरुवात गर्नु फलदायी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कर्कट (हि, हु, हे, हो, डा,

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 464 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.