काठमाडौं । सरकारले निर्वाचनको वातावरण बनाउन आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेकी छन् ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार प्रधानमन्त्रीले तीन दलका शीर्ष नेतासँग आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुनेछ । छलफलमा सञ्चारमन्त्री खरेल पनि सहभागी हुनेछन् । निर्वाचनको अन्तिम तयारी र दलहरूबीचको थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले शीर्ष ने
काठमाडौं । ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नेपालमै उत्पादन र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।राष्ट्रिय घर निर्माण फेस्टमा बोल्दै उनले नेपाली युवाहरूलाई देशमै अवसर सिर्जना गर्न आवश्यक भएको बताएका हुन् ।मन्त्री घिसिङले भने, ‘नेपालमा हामी चाहेको कुरा सबै गर्न सक्छौं । यहाँ नै स्वर्ग छ । नेपालमै उत्पादन हुने लोकल मटेरियलबाट घर बनाउन सके हाम्रो अनुसन्धान र पैसा नेपालमै रहन्छ । नेपालमै घर र गाडी जोड्न सक्ने वातावरण सरकारले बनाए भने युवाहरू विदेश जाँदैनन् ।’यसैगरी उनले नेपाली युवाको सपना एउटा सानो घर, साधारण गाडी, शिक्षा र स्वास्थ्य भएकोले त्यसमा राज्यले बेस
जनकपुर । मधेश प्रदेश सरकारले स्थानीय तहमा कार्यरत स्थायी कर्मचारीहरूको अभिलेख व्यवस्थित र डिजिटल बनाउन एक महिनाभित्र पद दर्ता, सिटरोल दर्ता र व्यक्तिगत फाइल अद्यावधिक गरी पठाउन निर्देशन दिएको छ ।आवश्यक भौतिक अभिलेख नआएर कर्मचारी अभिलेख एकीकृत गर्ने काम अवरुद्ध भएको भन्दै तत्काल कागजात उपलब्ध गराउन भनेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताबखाना र प्रदेश सरकारबीच २०८२ कार्तिक २६ गते कर्मचारी सूचना प्रणालीको पहुँच हस्तान्तरण सम्बन्धी समझदारीपत्रपछि अभिलेख अद्यावधिक प्रक्रिया अघि बढाइएको हो ।अब उपरान्त सबै स्थानीय तहले स्
काठमाडौं । नेपाल इन्टरनेशनल हेल्थ सर्भिस (एनआइएचएस)को एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।शनिबार वसन्तपुर डबलीमा सुरु भएको स्वास्थ्य शिविरमा ४ –५जना डाक्टरहरु द्वारा सम्बन्धित ओपिडीको निशुल्क स्वास्थ्य जाँच गराएको एनआइएचएसका संस्थापक अध्यक्ष रुप नारायण साहले जानकारी दिए ।उनले भने,‘क्यानसर विशेषज्ञ, अर्थोपेडिक, ग्याष्ट्रोलोजिष्ट लगायत ४ –५जना डाक्टरहरुद्वार ओपिडीको निशुल्क स्वास्थ्य जाँच हामीले गरेको छौं ।’ त्यस्तै उनले शिविरमा विशेष छुटको व्यवस्था गरेको बताउँदै उनले विभिन्न रोग विशेषज्ञहरुसँग रोगसम्बन्धी परामर्श दिएको पनि बताए ।‘शिविरमा हामीले विशेष छुटकासाथ सेवा दिने प्रयास गरेका
काठमाडौँ । हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–४, घासाँमा कृषक केवी शाही स्याउका बेर्ना उत्पादनमा सक्रिय छन् ।लामो समय भारतको सिम्लामा काम गरेर स्याउ खेतीसम्बन्धी अनुभव हासिल गरेका शाही हाल मुस्ताङमा जग्गा लिजमा लिएर हजारौँ स्याउका बेर्ना उत्पादन गर्दै आएका छन् । स्थानीय वातावरणअनुकूल गुणस्तरीय बेर्ना उत्पादन गर्दा कृषकहरूलाई सहज हुने र स्याउ खेती विस्तारमा सहयोग पुग्ने विश्वास शाहीको छ।
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-३ स्थितबाट ७ सय ६३ किलोग्राम ७०० ग्राम लागू औषध गाँजा बोकेको बोलेरो गाडी सहित २ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।शनिबार राति १२:३० बजे इलाका प्रहरी कार्यालय बेल्टार र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका-३ स्थित पैतालिस चौकबाट गाईघाट तर्फ आउदै गरेको को.१ ज ३४५६ नं. को बोलेरो गाडीलाई चेकजाँच गर्दा गाडी भित्र ३० बोरामा राखेको ७ सय ६३ किलो ७०० ग्राम गाँजा बरामद गरी चालक बेलका नगरपालिका -६ का रविन कुमार राई र सोही गाडीमा सवार बेलका नगरपालिका -९ का राम बहादुर राईलाई पक्राउ गरेको छ ।
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेकोछ।दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा कुहिरो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ । राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३१ पैसा, सिङ्ग
मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Ariesआजको दिन तपाईंको लागि उत्तम रहेको छ ,मानसिक तथा शारीरिक रूपमा सबल भईएला,कुनै पनि नयाँ कामको थालनी पनि हुनसक्छ,जागीर तथा नोकरी बाट बिशेष लाभ होला ।वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurusअध्ययन तथा अध्यापनमा मन जाने समय रहेकोे छ,मानसम्मान,इज्जत तथा प्रतिष्ठामा वृद्धि होला, दिउँसो पख भने शारीरिक पिडा हुनसक्छ ।मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Geminiआजको दिन बिनाकारण कुनै विवादमा परिएला, तपाईंको खुट्टा तान्नेहरु कमि हुने छैनन् ,बोल्दा सावधानि अपनाउनुहोला,मध्याह्न पछी भने शुभ समाचार सुन्नाले मन प्रसन्न रहला।कर्कट राशी (हि,
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेलले साम्राज्यवादीले वैधानिकता हासिल गरी एउटा कठपुतलीलाई ल्याएर सरकारमा राख्नको लागि मात्र निर्वाचन गर्न लागेको बताएका छन् ।शुक्रबार १३३ औं माओ दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले अहिले चुनावको विषय नेपालमा विचित्र ढंगले आएको भन्दै त्यसको बहिस्कार गर्नुपर्ने बताए ।उनले भने,‘अहिले चुनावको जुन विषय नेपालमा आइराखेको छ । त्यो विचित्र ढंगले आएको छ । चुनाव हुन नियमित ढंगले समय पुगेको हुनुपर्छ । समय पुगेको त छैन, दुई वर्ष बाँकी नै थियो । त्यो दुई वर्ष बाँकी हुँदै चुनाव गर्नुको कारण के हो कसैलाई थाहा छैन । पत्रकारले सोधे भ
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.