धर्म/संस्कृति

    Showing 221-230 of 942 items.
  • आज राष्ट्रिय भाक्का दिवस मनाइँदै, राजवंशी समुदायको परिकार भाक्का सबै जातजातिमा लोकप्रिय

    काठमाडौं— राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायले प्रत्येक वर्ष पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउँदै आएका छन्।यो वर्ष पनि विभिन्न स्थानमा प्रवद्र्धनात्मक कार्यक्रमसहित भाक्का दिवस मनाइँदै छ।पहिले कोच राजवंशी समुदायमा मात्र सीमित रहेको भाक्का खाने परम्परा पछिल्लो समय अन्य जातजातिमा समेत लोकप्रिय बन्दै गएको छ। विभिन्न समुदायले भाक्कालाई रुचाउन थालेपछि यसको पहिचान र संरक्षणका लागि पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउने परम्परा सुरु गरिएको हो।भाक्का राजवंशी समुदायको परम्परागत परिकार हो, जुन विशेषगरी हिउँद याममा बढी खाने गरिन्छ । चामलको पिठोलाई पानी

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 509 पटक पढिएको
  • थारु राष्ट्रिय माघी महोत्सव २०८२ पुस ३० र माघ १ गते टुँडिखेलमा

    काठमाडौं— थारु कला, संस्कृति र पहिचानको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यसहित थारु राष्ट्रिय माघी महोत्सव–२०८२ आगामी पुस ३० र माघ १ गते (बुधबार र बिहीबार) काठमाडौंको टुँडिखेलमा आयोजना हुने भएको छ ।‘थारु कला संस्कृति हाम्रो पहिचान, यसको संरक्षण र संवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नारा सहित थारु कल्याणकारिणी सभा केन्द्रीय समितिको संयोजनमा ३० वटा थारु संघ–संस्थाको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो ।महोत्सव मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीका अनुसार माघी पर्व थारु समुदायको महान पर्व मात्र नभई नयाँ वर्ष, सामाजिक एकता, स्वतन्त्रता र आत्मपहिचानको प्रतीक हो । माघी पर्व थारु समुदायले मे

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 502 पटक पढिएको
  • राष्ट्रिय एकता दिवसले विविधताबीचको एकतालाई सबल बनाउने प्रेरणा दिन्छः उपराष्ट्रपति यादव

    काठमाडौं— उपराष्ट्रपति रामसहाय यादवले राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने बताएका छन् ।राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिदैँ उनले मुलुकलाई एक सूत्रमा बाँध्ने पुर्खाहरूको योगदानलाई सम्मान गर्नुपर्ने भन्दै आजको दिनलाई सोही सम्मानको रुपमा मनाउनु पर्ने बताए ।उनले भने, ‘पुस २७ गते मनाइने राष्ट्रिय एकता दिवसलाई पृथ्वी जयन्तीको रुपमा पनि मनाइन्छ । यस दिवसले हाम्रो साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिन्छ । मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पुर्ख

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 509 पटक पढिएको
  • मिस लिटिल नेवाको ट्यालेन्ट शो सम्पन्न

    काठमाडौं— नेवार समुदायका बालिकाहरुको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले मिस लिटिल नेवाको १५औँ  संस्करणअन्र्तगत शनिवार राजधानीमा ट्यालेन्ट शो सम्पन्न भएको छ ।गौशालास्थित होटेल पौवामा सम्पन्न ट्यालेन्ट शोमा मिस लिटिल नेवाका ९ देखि १३ बर्षका २० प्रतिस्पर्धीले आपूmमा अन्र्तनिहीत विभिन्न कला प्रदर्शन गरे ।प्रतिस्पर्धीहरुले नृत्य, स्केटिङ, जिम्न्याष्टिक, चित्रकला, भ्वाइलीन वादन, धिमे वादन, चर्या नृत्य, कुमारी नृत्य, बज्रयोगिनी नृत्य, स्केचजस्ता विविध प्रतिभा प्रदर्शन गरेर निर्णायक र अभिभावकलाई आकर्षित गर्ने प्रयास गरे । ट्यालेन्ट शोमा प्रायः प्रतिस्पर्धीले नेवारी गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 502 पटक पढिएको
  • माघे संक्रान्तिको पूर्वसन्ध्यामा थारु संस्कृतिको अनुपम झल्को

    बाँके— माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा बाँकेको बैजनाथ गाउँपालिका–३ सुतैहिया गाउँमा ३६ गाउँका थारु समुदायको सहभागितामा भव्य सांस्कृतिक नाच प्रस्तुत गरिएको छ ।परम्परागत वेशभूषा, लोकधुन र सामूहिक नृत्यमार्फत थारु समुदायको मौलिक संस्कार, संस्कृति र ऐतिहासिक पहिचान झल्काइएको थियो ।थारु समुदायका लागि माघे सङ्क्रान्ति वर्षकै प्रमुख पर्व मानिन्छ । यो पर्व सामाजिक एकता, पारिवारिक मेलमिलाप र सांस्कृतिक चेतनासँग गहिरो रूपमा जोडिएको छ । सो अवसरमा युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्मले ढोल, मादल र झ्यालीको तालमा नाच प्रस्तुत गर्दै सदियौँदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिएका थिए ।कार्यक्रममा स्थानीय जनप्

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 495 पटक पढिएको
  • राष्ट्रपति र प्रधानमन्त्री द्वारा पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण

    काठमाडौं— पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीलगायतले सिंहदरबार मूल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका छन् ।माल्यार्पणको क्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधिश प्रकाशमान सिंह राउत र मन्त्रिपरिषद्का सबै मन्त्रीहरुको पनि उपस्थिती रहेको थियो ।आज पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती हो र सो अवसरमा विभिन्न कार्यक्रम गरि देशभर मनाइदैँछ ।

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 422 पटक पढिएको
  • पृथ्वी जयन्तीको अवसरमा ओलीको सन्देशः आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य आवश्यक

    काठमाडौं—  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सबैलाई शुभकामना दिएका छन् ।आइतबार पृथ्वी जयन्तीको अवसरमा सामाजिक सञ्जाल मार्फत शुभकामना दिदैँ आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोवल बढाउनु पर्ने धारणा व्यक्त गरेका छन् ।उनले लेखेका छन्, ‘आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोवल बढाऔं १सबैलाई राष्ट्रिय एकता दिवसको शुभकामना !’

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 384 पटक पढिएको
  • पृथ्वीनारायण शाहको दिव्योपदेश राष्ट्रिय एकता प्रवद्र्धनमा मार्गदर्शन बन्न सक्छः राष्ट्रपति

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको दिव्योपदेश राष्ट्रिय एकताको प्रवद्र्धनका लागि मार्गदर्शन बन्न सक्ने बताएका छन् ।नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०४औँ जन्म जयन्तीको अवसरमा उनले पृथ्वीनारायण शाहको दिव्योपदेशबाट देशमा सवल अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माण, धर्म, सँस्कृति र परम्पराको संरक्षण, जनकल्याण र राज्यको जिम्मेवारी, न्याय र सुशासन कायम गर्न सकिने बताए ।उनले भने, ‘पृथ्वीनारायण शाहलाई सम्झदा उहाँले नेपालको एकीकरण गर्दै राष्ट्रिय स्वाधीनता र आधुनिक नेपालको साझा पहिचानलाई स्थापित गर्नुभएको देखिन्छ । उह

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 458 पटक पढिएको
  • आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै

    काठमाडौं— आज पृथ्वी जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो ।यस दिवसले साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने र मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पुर्खाहरूको योगदानलाई सम्मान गर्ने गरिन्छ । यो दिवसमा व्यक्तिगत हितभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनु नै सशक्त र समावेशी मुलुक निर्माणको आधार भएको तथ्यलाई स्मरण गराउँदछ ।आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 537 पटक पढिएको
  • पोखरामा ‘आर्ट इन हिमालय’ कला प्रदर्शनी सुरु

    काठमाडौं— पोखरामा शुक्रबार(आज)देखि ‘आर्ट इन हिमालय’ कला प्रदर्शनी सुरु भएको छ । सिर्जनशील कलाकार समूह, पोखराको आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्रदर्शनीको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए ।प्रदर्शनीले नेपाली कलाकार र कलाकृतिलाई अन्तरराष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमार्फत नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारबीच अनुभव, सीप र प्रविधिको आदानप्रदान हुने र पोखरालाई कलाका माध्यमबाट विश्वसँग जोड्ने विश्वास गरिएको छ ।पोखरा–९ नयाँबजारस्थित पोखरा आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनीमा नेपालसहित सात देशका कलाकारका कलाकृ

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 515 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.